काठमाडौं–अर्थ मन्त्री युवराज खतिवडाले सांसदहरुलाई निर्वाचन क्षेत्रमा आयोजना छनोट गरि खर्च गर्न ४ करोड दिने निर्णय आफूले दबाबमा लिएको बताएका छन् । पत्रकारहरुसँगको भेटमा खतिवडाले आफूसमेत चार करोड विनियोजन गर्नपर्दा दुखित रहेको बताए ।


ADVERTISEMENT


‘राजनीतिक रुपमा दबाब थियो’, खतिवडाले भने, ‘सांसदहरुलाई बजेट दिउँ भने पब्लिकले विरोध गर्ने नदिउँ भने संसद भवनमा विरोध हुने अवस्था बन्यो ।‘


ADVERTISEMENT

# # #


उनले आफूले फलस्वरुप बीचको बाटो निकालेर प्रदेशका सांसद र स्थानीय तहका प्रमुखलाई समेत योजना छनोटमा सहभागि गराएको बताए । ‘आयोजना छनोट हुने बाहेक अरू कुनै भूमीका नहुने गरि बजेट विनियोजन भएको छ’, खतिवडाले भने, ‘यसपटक सांसदहरुले दायाँ बायाँ गरे अर्कोपटक जति दबाब आए पनि कार्यक्रम अगाडि नबढाउने बताए ।‘

‘यसले तनाव पनि भयो’, खतिवडाले भने, ‘खाउँ भने दिनभरीको सिकार नखाउँ भने ‘ के भन्या जस्तो भयो ।’

उनले सांसदहरुलाई अझै चार करोड बजेटले नपुगेको बताए । ‘उहाँहरुलाई बजेट पुगेको छैन, संसदले मेरो हुर्मत लिन्छन्’, खतिवडाले भने, ‘जनताले बाहिर यही बजेट बढी हुन्छ भनेका छन् । समस्या छ ।’

अर्थमन्त्री खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै सांसदको प्रत्यक्ष संलग्नता रहने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ४ करोड बजेट छुट्टयाएका थिए । प्रत्येक निर्वाचित क्षेत्रका सांसदको नेतृत्वमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख रहने समितिले यो रकम ३ बर्षमा पूरा हुने पाँच आयोजनामा खर्च गर्नुपर्ने प्रावधान उनले बजेटमा राखेका छन् । यो कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड बजेट छुट्याएको हो ।