काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी र एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रहरुको संगठन विमस्टेकका महासचिव एच इ एम साहीदुल इश्लामले आज शीतलनिवासमा भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


उक्त भेटवार्तामा विमस्टेक प्रकृयालाई प्रभावकारी बनाई सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने बिषयमा कुराकानी भएको जानकारी छविन्द्र पराजुलीले हिमालय पोष्टलाई  दिएका छन् ।


ADVERTISEMENT

# # #


भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो