एजेन्सी–आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा रोटेपिङबाट खसेर आइतबार राती १० वर्षीया बालिकाको मृत्यु भएको छ । एउटा बाकस खस्दा तीन बालबालिकासहित अन्य ६ जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


प्रत्यक्षदर्शीका अनुसार ८० फिटमाथि रहेको क्याबिन भाँच्चिदा अम्रुथाको घटनास्थलमा नै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


रोटेपिङ चालकलाई क्याबिनको बोल्ट लुज भएको जानकारी दिएपनि रक्सी पिएकाले त्यसबारे केही चासो नदिएकाले उक्त घटना भएको बताइएको छ ।

दुर्घटनापछि स्थानीयले ती चालकलाई निर्घात कुटेको बताइएको छ । पछि उनलाई पुलिसलाई सुम्पिएको पनि जानकारीमा उल्लेख छ ।

हेर्नुहोस भिडियोः

https://youtu.be/ME6xPA7ynDo