काठमाडौँ(रासस)–काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको छ ।


ADVERTISEMENT

# # #


उक्त घटनामा मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ भने पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ ।