काठमाडौँ–द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारगारबाट छुटेका हुन् ।


ADVERTISEMENT


उनी छुटेपछि ठूलो संख्यामा डिल्लीबजार पुगेका नेकपाका नेता कार्यकर्ताले ढुङ्गेललाई स्वागत गरेका थिए । त्यसक्रममा ढुङगेलका समर्थकले नारावाजी गर्दै उनले लोकतन्त्र र गणतन्त्रप्रति गरेको योगदानको स्मरण गराएका थिए ।


ADVERTISEMENT

# # #


ढुंगेललाई स्वागत गर्न नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी नेताहरु, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । उनीहरुले माला लगाएर ढुंगेललाई स्वागत गरेका थिए । त्यसक्रममा ढुंगेलले संक्षिप्त प्रतिकृया दिँदै आफू गणतन्त्रका लागि आफ्नो ज्यान रहेसम्म लागिरहने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले आफु रिहा भएकोमा त्यति धेरै खुशी र धेरै निराश पनि नभएको प्रतिबकृया दिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोग लागेका ढुंगेल द्वन्द्वकालमै ७ वर्ष जेल जीवन बिताइसकेका छन् ।

शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोे थियो । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परेका थिए ।

जेल परेको झण्डै ६ महिनापछि उनी जेलमुक्त भएका हुन् ।

डिल्लीबजार कारागारबाट रिहा भएपछि के भने बालकृष्ण ढुङ्गेलले ? (ढुङ्गेलकै शब्दमा)

“सबैभन्दा पहिला त मेरो गिरफ्तारी र त्यसपछि जेल जीवन विताइराख्दा मप्रति र मैले गणतन्त्रप्रति गरेको योगदानप्रति सद्भाव दर्साएर निरन्तर उत्प्रेरणा दिने साथीहरूप्रति म अभिभादन गर्छु । म रिहाइ हुुनुहुँदैन भनेर जसरी रिट पर्यो, त्यो युद्धमा शान्ति र शान्तिमा युद्ध चाहने, गणतन्त्र नचाहाने र डलरको खेती गर्नेहरूप्रति घृणा गर्दछु ।

एउटा मान्छेले समाज परिवर्तनका निम्ति गरेको त्याग र योगदानको अवमूल्यन गर्दै देशमा गणतन्त्र माग गर्दाखेरी सङ्कटकाल लगाइयो, मलाई हिरासतमा ल्याइयो, त्यहाँ दिएको यातनाले किड्नी ड्यामेज गराइयो ।
त्यतिबेला गणतन्त्र किन मागिस् भनेर किड्नी ड्यामेज गर्ने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि गणतन्त्रका मालिक बने र गिरफ्तार गरेर मलाई जेलमा सडाउने कोसिस गरियो ।

र, अहिले जुन परिदृश्यमा घटनाक्रमहरू विकास भइरहेका छन्, त्यसले गणतन्त्र जसले लडेर ल्यायो त्यसकोे गणतन्त्र अपहरण गर्ने दुस्साहस गरिएको छ । म र मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । म आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ ।

आगमी दिनमा म यो देशको समृद्धिका लागि पार्टीले दिएको जिम्मेवारीलाई मेरो क्षतमाले भ्याएसम्म पूरा गर्नेतर्फ लाग्नेछु । यो द्वन्द्व व्यवस्थापन र राज्यको समृद्धिका लागि, समाज, न्याय, समानता र स्वतन्त्रताका लागि लाग्नेछु । आज फेरि पनि डलरवादीहरूले मलाई मैदानमा आउन नदिनका लागि दुस्साहस गरे, त्यसका विरुद्ध सरकारले पनि आँट गरेको छ । त्यसका लागि सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।

यो देश केही डिजाइनमा, एक थाल भातमा बिक्री हुने पत्रकार, एक थाल भातका निम्ती कालो कोट लगाएर अदालत धाउने कथित वकिलहरूलाई राज्यले बुझ्नुपर्छ । बालकृष्ण ढुङगेललाई सजाय भुक्तान गरिसकेपछि पनि छोड्नु हुँदैन भनेर रिट हाल्दा म सर्वोच्च अदालतालाई सम्मान गर्छु तर त्यो रिट खारेज हुनुपथ्र्यो । यति लामो बहस गरिराख्नुपर्ने विषय थिएन भन्ने मेरो बुझाइ छ । यो फेरि मेरो अदालतप्रतिको अपमान होइन । मेरो अनुरोध थियो, यो सुरुमै खारेज हुनुपथ्र्यो ।

यत्रो नौटङ्की गर्नुपर्ने र दिनेश त्रिपाठीजस्ता मान्छेलाई यत्रो फोरम दिनुपर्ने अवस्था होइन । यो देश सङ्कटकालमा लपेटिँदै गर्दा दिनेश त्रिपाठीहरू कसका जुत्ता चाट्दै थिए भन्ने प्रश्न छ । अभिभादन । ”