एजेन्सी–६ वर्षे बालक अयानलाई म:म खान मन लागिरहेको थियो त्यसैले बुवासँग यसका लागि जिद्दी गरिरहेका थिए तर मोःमोको भोकले उनको ज्यान नै लिएको छ ।


ADVERTISEMENT


अयानका बुवा संजयले रक्सीको मातमा छोरालाई नहरमा फ्याँकेको बताइन्छ । स्थानीयले बच्चालाई आगराको नहरमा फ्याँकेको देखेपछि उनलाई पुलिसको जिम्मा लगाएको बताइएको छ ।


ADVERTISEMENT

# # #


घटना शनिबार राती नयाँ दिल्लीमा भएको हो । गोताखोर र दमककर्मीले शनिबार अबेर रातीसम्म बच्चालाई खोज्ने अभियान चलाए तर उनीबारे पत्ता लाग्न सकेन । आइबारमात्र बालकको शव भेटियो । पुलिसका अनुसार संजयविरुद्ध हत्याको मुद्दा चलाइएको छ ।

इ–रिक्सा चलाउने संजयले पुलिसका अनुसार उनका तीन सन्तान छ । कान्छा छोरा अयान बारम्बार मोमो मागिरहेका थिए । उनलाई रिस उठ्यो र बच्चालाई नहरमा फ्याँकिदिए ।

पुलिसका अनुसार संजयको विवाह सन् २००४ मा भएको थियो तर उनका खराब बानीका कारण उनलाई श्रीमतीले सन् २०१३ मा छोडिन् । उनका तीन सन्तान हजुरआमा र बुवासँगै बसिरहेका छन् ।