धनगढी–कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख लुटपाट भएको छ ।


ADVERTISEMENT


आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।


ADVERTISEMENT

# # #


कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।