काठमाडौं–गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो । यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन् । सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो ।


ADVERTISEMENT


नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएको सिप्रदी ट्रेडिङ प्रालीको सेल्स र मार्केटिङका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले जानकारी दिए ।

‘विभिन्न समयमा उपहार पाउनेले कर तिर्न नसक्ने कुरा पनि बाहिर आइरहेको छ, तर हामीले सम्झौता मै सिप्रदीले ट्याक्स तिरिदिने उल्लेख गरेका छौ,’ कार्कीले स्रोतसँग भने ।

कर सिप्रदीले तिरेपनि लामिछानेलाई आर्थिक भार भने थपिएको छ । गाडीको चावी हस्तानान्तरण गर्ने क्रममा सन्दीपलाई सोधिएको ‘ तपाईको लाइसेन्स बनाउने उमेर पुगेको छैन । के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले ड्राइभर राख्ने बताएका थिए ।

कारको चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ तर सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना मात्र भयो । चालक राख्दा उनलाई कम्तीमा दुई महिना आर्थिक भार भने थपिने भएको छ ।