काठमाडौं–काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका पसल तथा रेष्टुरेन्ट खाली गराएको छ ।


ADVERTISEMENT


शनिबार दिउँसो डोजर नै लगाएर पसल र रेष्टुरेन्ट खाली गराइएको हो । २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएपनि अटेर गरेको भन्दै नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गरेको हो ।


ADVERTISEMENT

# # #


धरहरा पुनर्निर्माणका लागि टेण्डर आहृवान गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २६ वैशाखमा सरोकारवालाको बैठक राखेर त्यस क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन भनेको थियो ।

महानगरको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले धरहरा परिसरमा भाडामा लगाइएका सटर, टहरा तथा रेष्टुरेन्टका भौतिक संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । शनिबार दिउँसो नगर प्रहरीले डोजर नै लगाउन थालेपछि पसल खाली गरेका छन् ।

धरहरा क्षेत्रलाई १३ वर्षदेखि साइड वाकर्स ट्रेडर्स प्रालिले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको छ । साइड वाकर्सले सम्झौता विपरीत पसल सञ्चालन गर्दा पनि महानगर मुखदर्शक बनेको थियो ।