काठमाडौं–भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत् राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ ।


ADVERTISEMENT


भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत् घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिएकी छिन् । अधिकारीका अनुसार सानो आन्द्राबाट भएको रक्तश्राव बन्द भएको छ ।


ADVERTISEMENT

# # #


धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि उनलाई बुधबार मेदान्त अस्पतालमा लगिएको थियो ।

चिकित्सकको सल्लाहमा घिमिरेको अझै एक सातासम्म उपचार हुने छ । यसैबीच भारतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ ।

घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डाक्टर रणवीर सुदले जानकारी दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।