काठमाडौं–बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको थियो । सम्पत्ति विवरणमा मन्त्री भन्दा पनि मन्त्रीका श्रीमतीहरु धनि देखिएपछि विभिन्न टिका टिप्पडी आउन थाले ।


ADVERTISEMENT


सबै मन्त्रीहरूले सम्पत्ति सार्वजानीक गरे पनि प्राय ससुरालीबाट दाइजो आएको र साथीले उपहार दिएको भन्ने आम्दानीको स्रोत छ । सम्पत्ति विवरणमा दुईवटा कुकुर समेत आएको थियो ।


ADVERTISEMENT

# # #


अहिलेको चर्चित नेता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरणमा ५५ लाख देखिएपछि पण्डितको सम्पत्तिमा पनि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पडी आए । टिका टिप्पडी आउन थालेपछि पण्डितले आफ्नो आम्दानी स्रोत खुलाएका छन् । उनले घडेरी बेचेर थप सम्पत्ति आर्जन गरेको बताएका छन् । आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणले सर्वसाधारणमा भ्रम सिर्जना भएको भन्दै उनले यस्तो प्रष्टकरण दिएका हुन् ।

उनले आफ्नो सार्वजनिक जीवन घाम जस्तै छरलङ्ग भएको बताउँदै मन्त्री पण्डितले भने, ‘मेरो घडेरी बेचेर नगद जम्मा भएको हो ।’ उच्च निष्ठा र इमानका साथ देश र जनताको पक्षमा अहोरात्र खटिने भएकाले आफ्नो लागि पैसा वा सम्पत्ति महत्त्वपूर्ण नभएको बताएका छन् ।

बुधवार सार्वजानिक गरेको सम्पत्ति विवरणमा मन्त्री पण्डितको विराटनगर एक कट्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नीविमलाको नाममा ४ आना जग्गा १० तोला सुन र १५ तोला चाँदी, नगद ५५ लाख र एकथान साइकल रहेको छ । ५५ लाखमध्ये पण्डितको नाममा २५ लाख र पण्डितकी श्रीमती बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

मन्त्रीका स्वकीय सचिव वसिम आलमका अनुसार मन्त्री पण्डितले उक्त ५० लाख रुपैंयाँ २०७० सालमा संसद्लाई समेत देखाइसकेका छन् ।