सुर्खेत–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा सदस्य हिमबहादुर शाहीले अहिलेको जस्तो गति भएमा सरकार नचल्ने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


हाल चलेको प्रदेश सरकारको गति सुस्त र आलोचनात्मक भएकाले यही गतिमा सरकार चल्नुले समृद्धिको आशा गर्न नसकिने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


‘प्रतिपक्षी दलका नाताले धेरै सरकारको आलोचना गर्नु छैन ।’ सांसद् शाहीले भने –‘तर, अहिलेको यही गति अनुसार सरकार चल्ने हो भने कुनै अर्थ छैन ।’

यस्तै, सांसद सोशिला शाहीले जनताको बढ्दो चाहना अनुसार सरकार चल्नुपर्ने बताइन् । अहिले चलिरहेको सरकारको गतिलाई बढाउनुपर्ने पनि उनले औँल्याईन् ।