अछाम– विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो ।


ADVERTISEMENT


समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रया दिएका छन् ।


ADVERTISEMENT

# # #


‘यो विमानस्थल उडानका लागि उपयुक्त छ उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनमा प्रतिवेदन बुझाउने छु । यदि सम्झौता भए यही विमान यहाँ उडान भर्न तयार छ ।”

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो ।

निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ । विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित रु ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले विमानस्थल सञ्चालनमा आएपछि जनतामा निकै उत्साह र आशा पलाएको बताए ।
‘आज अछामी जनताको लागि निकै खुशीको दिन हो उनले भने, “अब हप्तामा दुई वा तीन उडान भर्नका लागि पहल गर्ने छु । न्यूनतम् टिकटमा यहाँका जनतालाई सेवा उपलब्ध गराउने प्रयासमा छु ।”

पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश नं ७ को दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो ।

अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले लाभ लिनसकेका छ्रैनन् ।

विमानस्थल सुचारु भए आवतजावतमा सजिलोका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्नेमा कमी आउने स्थानीयवासीको बुझाइ छ ।

विसं २०२४ मा निर्माण शुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहुँदा गौचरनमा परिणत भएको छ ।