एजेन्सी–१४ वर्षदेखि बलिउडबाट टाढा रहेकी नायिका रम्भा गर्भवती छिन् । ३९ वर्षमा उनले आफ्नो तेस्रो सन्तानलाई जन्म दिनेछिन् । उनले मदर्स डेमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । स्मरण रहोस्, रम्भाले साउथ इन्डियनका साथै बलिउडमा पनि काम गरेकी छिन् । उनी सन् २००४ मा रिलिज भएको फिल्म ‘दुकानः पिला हाउस’ मा देखिएकी थिइन् । यद्यपी, बलिउड छोडेपछि उनी साउथको फिल्ममा सक्रिय रहेकी थिइन् ।


ADVERTISEMENT


१६ वर्षको उमेरमा डेब्यूः
रम्भाले १६ वर्षको उमेरमा डेब्यू गरेकी थिइन् । उनले सन् १९९५ मा फिल्म ‘जल्लाद’ बाट बलिउडमा इन्ट्रि गरेकी थिइन् । त्यसपछि ‘दानवीर, जंग, जुडवा, सजना, घरवाली बाहरवाली, बन्धन, मे तेरे प्यार मे पागल, बेटी नम्बर वन, दिल ही दिल मे’ सहित थुप्रै फिल्ममा काम गरेकी छिन् । उनी सलमानसहित रजनीकान्त, गोबिन्दा, अक्षय कुमार, अजय देवगन, मिथुन चक्रवर्तीजस्ता फिल्म स्टारसँग काम गरिसकेकी छिन् ।


ADVERTISEMENT

# # #


https://www.instagram.com/p/BiuPhyTgBMr/

व्यवसायीसँग गरेकी थिइन् विवाहः
फिल्मबाट टाढा भएपछि रम्भाले सन् २०१० को अप्रिल ८ मा व्यवसायी इन्द्राण पद्मनाथनसँग विवाह गरिन् । सन् २०११ मा रम्भाले छोरी लान्या र सन् २०१५ मा छोरी साशालाई जन्म दिइन् । सोसल मिडियामा सक्रिय फेसबुक र इन्स्टाग्राममा धेरैजसो फोटो सेयर गरिरहन्छिन् ।

दाइजो प्रताडनाको मुद्दाः
हैदराबाद पुलिसले सन् २०१७ को जनवरीमा रम्भालाई सकेसम्म चाँडो अदालत उपस्थित हुन आदेश दियो । वास्तवमा रम्भाविरुद्ध उनका भाइकी श्रीमती पल्लवीले मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा पल्लवीले आफ्ना श्रीमानसहित रम्भा र उनका परिवारका अन्य सदस्यविरुद्ध दाइजो प्रताडनाको आरोप लगाएकी थिइन् ।