काठमाडौं–प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूले कांग्रेसलाई सहयोगी नभएर सहयात्री दल भनेको स्पष्टिकरण दिएका छन् ।


ADVERTISEMENT


बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत टोलीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भनाइलाई मिडियाले बंग्याएर लेखेको र आलोचना भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालका अनुसार प्रधानमन्त्री आफैंले यो कुरा कोट्याएका थिए ।

‘कांग्रेससँग लामो इतिहास छ, हामीले सँगै काम गरेका पनि हौं, त्यही भएर सहयात्री दल भनेको हुँ, लेख्नेले सहयोगी भनेर लेखिदिए भन्नुभयो,’ रिजालले भने, ‘प्रधानमन्त्रीले त्यति भनेपछि होइन तपाईंले भनेकै हो भनेर हो भनेर कसरी भन्नु ?’

माओवादी केन्द्रसँग एकता घोषणा भएको दिन जेठ ३ गते बिहान बल्खुमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस अब प्रतिष्पर्धी होइन सहयोगी दल भएको बताएका थिए ।

बुधबार साँझको छलफलमा देशको सुरक्षा व्यवस्थाकाबारे प्रधानमन्त्रीले जानकारी दिएको पनि रिजालले बताए ।

‘संसदको नियमावलीका विषयमा पनि छलफल भएको थियो तर केही निचोड निस्किएन,’ रिजालले भने ।