काठमाडौं–‘सलमान खानसँग तुलना गर्नुअघि आफूलाई गोली हान्छु’ । यो भनाई हो अभिनेता राम कपुरको । उनले सो कुरा एक भारतीय मिडियासँगको कुराकानीमा भनेका हुन् ।


ADVERTISEMENT


राम कपुर चाँडै नै आफ्नो नयाँ कार्यक्रममार्फत टेलिभिजनमा फिर्ता हुँदैछन् । उनी सोनी टेलिभिजनको कार्यक्रम ‘जिन्दगी के क्रसरोड्स’ मा देखिनेछन् । उक्त कार्यक्रम ६ जूनमा अनएयर हुनेछ । यस्तै, उक्त च्यानलमा सलमान खानको कार्यक्रम ‘दसका दम’ पनि जून ४ मा लञ्च हुनेछ ।


ADVERTISEMENT

# # #


कुराकानीको क्रममा जब सलमान खानको कार्यक्रमको कुरा गरियो तब राम कपुरले भने, ‘यदि मेले कहिले पनि आफूलाई सलमान खानसँग तुलना गरें वा उनको प्रतिस्पर्धी मानें भने सबैभन्दा पहिले म आफूलाई गोली हान्नेछु । ’

उनले हाँस्दै भने, ‘उनी सलमान खान हुन् । उनीसँग तुलना गर्ने त कुरै आउँदैन ।’