भक्तपुर(रासस)–काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।


ADVERTISEMENT


बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रिपरका चालक भने फरार छन् ।