काठमाडौं–यसवर्ष विश्वकप छनौटका दौरान अन्तराष्ट्रिय स्तरको एलदिवसिय क्रिकेटको मान्यता पाएको नेपालले अगस्ट २ र ३ मा नेदरल्यान्डसँग २ एक दिवसिय खेल खेल्ने भएको छ । नेदरल्याण्ड्सका प्रशिक्षक रयान क्याम्पबेललार्इ उदृत गर्दै क्रिकबजले समाचार छापेको छ ।


ADVERTISEMENT


त्यस्तै दुबै टोलीले मेरीलेबोन क्रिकेट क्लबसँग लड्समा जुलाई २९ मा टिट्वान्टी क्रिकेट खेल्ने पनि समाचारमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


‘हामी नेपाललाई उसको पहिलो वाड डे खेलका लागि स्वागत गर्न पाउँदा खुशी छौ र यो सन् २०१३ यता हाम्रो भूमिमा हाम्रो पहिलो एकदिवसिय खेल हो । लड्सको निम्तो पाएका हामी हाम्रा घरेलु दर्शकलाई हामी के गर्न सक्छौ भनेर देखाउन चाहन्छौं । नेपाल उत्साहजनक टोली हो किनकी हामीले आइपिएलबाट सन्दिप लामोछाने विश्वस्तरिय खेलाडी भएको देखिसकेका छौं र हामी उनीहरूलाई यहाँ देख्न पाउँदा आफैलाई गर्वको अनुभूति गरिरहेका छौं । नेपालले नेदरल्यान्डमा सँधै राम्रो दर्शक तान्दै आइरहेको छ, म यो राम्रो अवसर हुनेमा ढुक्क छु’, नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्पबेलले क्रिकबजसँग भने ।

नेपाल र नेदरल्यान्ड एकअर्कासँग गत मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा भिडेका थिए । सो खेलमा नेपाल ४५ रनले पराजित भएको थियो । सोही समयमा नेपालले पपुवा न्यूगिनियालाई हराउँदै एकदिवशिय अन्तराष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।

नेदरल्यान्डले सन् २०१४ मा क्यानडा विरूद्ध न्यूजिल्यान्डमा वान डे खेलेको थियो । सो खेलमा उसले आफ्नो वान डे मान्यता गुमाएको थियो ।