हेटौंडा–मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् ।


ADVERTISEMENT


यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् । उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् । ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन् ।


ADVERTISEMENT

# # #


मिस नेपाललाई भेट्न आएका अधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो । गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका अधिकांश महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् । – आजको कान्तिपुरबाट