काठमाडौं – करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत, मोरङ बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।

उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरिएको थियो ।

यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।

त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।