काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय भएपनि यसको कार्यान्वयन गर्न गाह्रो हुने बताएका छन् ।


ADVERTISEMENT


बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रममा बोल्दै उनले सुन्दा राम्रा राम्रा कुरा समेटिएकाले कविता जस्तो नीति तथा कार्यक्रम आएको बताएका हुन् । उनले कविताले अर्थतन्त्रको विकास हुन नसक्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #