काठमाडौं–फ्रान्समा एक नेपालीको मृत्यु भएको छ । बिगत लामो समयदेखि फ्रान्समा बस्दै आएका रुद्र बहादुर पुनको मृत्यु भएको हो ।


ADVERTISEMENT


पेरिस स्थित एक अस्पतालमा उपचारको क्रममा पुनको र्मत्यु भएको बताइएको छ । उनी मगर समाज फ्रान्सका सदस्य समेत थिए ।


ADVERTISEMENT

# # #


पेरिसको एक मेट्रो(रेल) मा यात्रा गर्ने क्रममा हृदयाघात भएपछि २८ बर्षीय पुनको अस्पताल भर्ना गरी उपचार भइरहेको थियो ।

उपचाररत पुनको मंगलबार (मे २२ मा) मृत्यु भएको गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष एक ब. मल्लले जानकारी दिएका छन् ।