काठमाडौँ(रासस)–प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


“अब जन्मदै जर्नेल हुने जमाना गयो, अब सक्षम, प्रतिष्पर्धी, योग्य व्यक्तिले यस्ता अवसरहरु पाउँछन्”–उनले भने । वर्तमान सरकारले जनता, सेना, मजदुरको हितमा काम गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएको बताएका छन् ।

सेनाले नेपालको अखण्डता, राष्ट्रियता, स्वाधीनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । सेनाले अब बंकरमा बस्नु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “तालीमको बेलाबाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन, सेनालाई अब व्यावसायिक, दक्ष र प्रतिष्पर्धी बनाइन्छ ।”