काठमाडौं–सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।


ADVERTISEMENT


गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।


ADVERTISEMENT

# # #


कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । – आजको नागरिक दैनिकबाट