काठमाडौं–करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं–८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।


ADVERTISEMENT


सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।


ADVERTISEMENT

# # #


खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । ‘बयानका क्रममा उनी निकै त्रसित देखिन्थे’, गृह मन्त्रालयका एक अधिकारीले स्रोतलाई भने, ‘कहिले रुँदै मलाई हान्दिनु भन्थे त कहिले हाँस्ने गर्थें ।’

फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् । पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाए ।

खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक धरौटीमा छुटे । बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् ।

उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको स्वीकारेका हुन् । गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् ।

‘दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन’, उनले दिएको बयानलाई उदृत गर्दै स्रोतले स्रनेतसँग भन्यो, ‘मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिएँ । कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।’

उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै, केही भारतीय पनि रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ । ‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं’, उनले भनेका छन् ।