काठमाडौँ । मूलुकबाट सिन्डिकेट पूर्ण रुपमा निर्मुल गर्ने सरकारको प्रतिबद्धता पुरा गर्न प्रहरी प्रशासनको रफ्तार बढेको छ । अपराध अनुसन्धान बिभागको नेतृत्व पाएसंगै डीआईजीपी धीरु बस्नेतको अर्जुनदृष्टि सिन्डिकेटधारीहरुका बिरुद्ध परेको छ ।


ADVERTISEMENT


मलेसिया जाने कामदारहरुसँग स्वास्थ्य परीक्षण लगायत विभिन्न नाउँमा सिन्डिकेट खडा गर्दै आएका ३९ स्वास्थ्य संस्थाका सञ्चालकलाई बस्नेत नेतृत्वको प्रहरीले आज पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


आइतबार दिउँसोबाट अप्रेसन थालेको प्रहरीले काठमाडौँबाट ४४ र ललितपुरबाट ४ जना पक्राउ गरेको छ ।

पक्राउ पर्ने स्वास्थ्य व्यवसायीमा कुलेश्वर पोलिक्लिनिकका प्रमुख मोनिका श्रेष्ठ, श्वर्णिम मेडिकल सेन्टरका म्यानेजर गणेश तिमल्सिना र सञ्चालक देवेन्द्र आचार्य, सुपर हेल्थ केयर सुकेधाराका सञ्चालक केशर थापा रहेका छन् ।

फ्युजन पोलिक्लिनिक एण्ड डाइनेसिक्स सेन्टर बिजुलिबजारका म्यानेजर सरिता गिरी, हिमाल डोयग्नोस्टिक क्लिनिक प्रालि कोटेश्व्वरका सञ्चालक मुकुन्द भट्टराई, मन्जुश्री मेडिकल सेन्टर कमलपोखरीका सञ्चालक निमीकुमारी तिवारी, सृजना मेडिकल सेन्टर बिजुलिबजार सञ्चालक रोजिना शाक्य, मुना शाक्य, र रमेश खत्री पनि पक्राउ परेको प्रहरी अपराध महाशाखाले जनाएको छ ।

सनसाइन मेडिकल सेन्टर थापागाउँका म्यानेजर सुमन सत्याल, सुधा क्लिनिक प्रालिका म्यानेजर इश्वर भण्डारी, चेतना स्वास्थ्य सेवा केन्द्र कोटेश्वरका म्यानेजर विदुर थापा र सञ्जालक चन्द्रमा राई पक्राउ परेका हुन् । पक्राउ परेका अन्यको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट विभिन्न सामान समेत बरामत भएको प्रहरीले जनाएको छ ।

सिन्डिकेटधारी संस्थाका अध्यक्ष कैलाश खड्का भने फरार छन् । जीएसजी महाराजगन्जका सञ्चालक पनि फरार भएका छन् । वान्स्टेप सेन्टरका सञ्चालक रामप्रसाद श्रेष्ठ भने पक्राउ परिसकेका छन् ।

मन्त्रालयमा सुचिकृत भएका २ सय ३५ वटै स्वास्थ्य व्यवसायीले अब स्वास्थ्य परीक्षण गर्न पाउने छन् ।

पक्राउ परेकाहरुको सूची हेर्नुहोस्:-