राजविराज(रासस)–सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।


ADVERTISEMENT

# # #


वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो । सो झगडापछि आक्रोशित बनेका आनन्दले राति सुतेको अवस्थामा भतिजा पर्ने अजयको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको थियो ।