मोरङ(रासस)–मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।


ADVERTISEMENT


तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफैं अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षीया कमला बोहरा घाइते भएकाले उहाँको अरनिको हस्पिटलमै उपचार भइरहेको छ ।

यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्कीको साझा हस्पिटल, मधुमल्लामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिएका छन् । ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।