काठमाडौँ– विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एसियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी) परियोजना नेपालमा पनि लागू भएको छ ।


ADVERTISEMENT


विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका नेपालसहित पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, फिलिपिन्स र म्यान्मारमा यो परियोजना लागू भएको छ । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा तीन वर्षका लागि लागू भएको यो परियोजना जुलाई २०१९ सम्म सञ्चालन रहनेछ ।


ADVERTISEMENT

# # #


परियोजनाबारे जानकारी दिन यहाँ आयोजित कार्यक्रममा गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले दिगो विकास लक्ष्यका १७ मध्ये १० वटा लक्ष्य विपद्सँग सम्बन्धित भएकाले यस परियोजनामार्फत ती लक्ष्यहरु हासिल गर्ने गरी काम हुनुपर्नेमा जोड दिउ ।

परियोजनाका बारेमा प्रकाश पार्दै परामर्शदाता मनबहादुर थापाले विपद्को उच्च जोखिममा रहेका ३० जिल्लाका दुई सयभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि एवम् विपद् प्रतिकार्य क्षमताको लेखाजोखा गरी मानवीय सेवालाई प्रभावकारी ढङ्गबाट पुर्याउन सहयोग गरिने बताए।

एसियाली विपद् पूर्वतयारी केन्द्रकी पूजा कुलकर्णीले परियोजनाले मानवीय सेवाको विस्तार, स्थानीय संस्थाहरुको सबलीकरण, मानवीय सेवासम्बन्धी सूचना व्यवस्थापन, विपद्का समयमा छिटो र समन्यायिक ढङ्गबाट सहयोगको उपलब्धता तथा विपद्का क्षेत्रमा कार्यरत राष्ट्रिय र स्थानीय संस्थाबीच समन्वय अभिवृद्धि गर्न परियोजना केन्द्रित रहने बताए ।