काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुई हप्ताअगाडि उनलाई उपचारका लागि ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना गरिएको हो ।


ADVERTISEMENT


क्रोनिक ग्यास्ट्राइटीस देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । केही समययता घिमिरेको दिसामा रगतसमेत देखिन थालेको ग्राण्डी अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


डा. चक्रराज पाण्डे, विवेक शर्मा र अखिलेष कष्यपको टोलीले राष्ट्रकवि घिमिरेको उपचार गरिरहेको अधिकारीले जानकारी दिए । राष्ट्रकवि घिमिरे आउँदो असोज ७ गते सय वर्ष लाग्दैछन् ।