काठमाडौँ– सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । सथै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्किन अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रधानन्यायाधीश कार्कीलाई काममा फर्किन अन्तरिम आदेश जारी गर्दै महाभियोग प्रस्ताव अघि नबढाउन आदेश दिएको हो । नेपाली कांग्रेस र नेकपा माओवादीका २४९ जना सांसदले कार्यक्षमताको अभाव, अदालतमा अनावश्यक हस्तक्षेप, सरकारको कामकारवाहीमा हस्तक्षेप गर्दै कार्यकारी भूमिका निर्वाह गर्न लागेको भन्दै कार्कीमाथि महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।


ADVERTISEMENT

# # #


संसद्को पूर्ण बैठकमा यो प्रस्ताव पेस भएर छलफलको समय समेत तोकिएको छ ।सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

साथै प्रधानन्यायाधीश कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिन भनेको छ ।