धनगढी– प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तर्जुमा गर्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘हेलो सिएम’ कार्यक्रम प्रारम्भ गर्न बनाइएको कार्यविधिलाई समेत स्वीकृति प्रदान गरेको छ ।