काठमाडौं–जेलमा रहेका एक कैदीले कैदमुक्त हुन अदालतको नक्कली फैसला पेश गरेका छन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्च अदालतबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेश गरेका हुन् ।


ADVERTISEMENT


सुनिललाई काभ्रे घर भई सामाखुसी बस्ने भाइ नानु तामाङले सर्वोच्चको फैसला भन्दै फोटोकपी जेलमै बुझाएका थिए । उनको फैसला गरेका भनिएका न्यायाधीशले भने वैशाख २० गते नै अवकाश पाइसकेका थिए ।


ADVERTISEMENT

# # #


तामाङले आफू एक वर्षअघि नै छुट्न पाउनुपर्ने भन्दै कारागार प्रशासनमा पत्र बुझाएपछि जाँच गर्दा फैसला नक्कली भएको खुलेको हो । तामाङले बुझाएको नक्कली फैसलामा न्यायाधीशद्वय प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले वैशाख २० गते फैसला सुनाएको उल्लेख छ ।

नक्कली फैसला भेटिएपछि कारागारका निमित्त कार्यालय प्रमुख श्रवणकुमा साहले सर्वोच्चले पठाएको पत्रमा शंका लागेको भन्दै आधिकारिकता मागेका थिए । सर्वोच्चले आफ्नो रेकर्डमा यो फैसला नभएको भन्दै तुरुन्त अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको छ। – आजको नागरिक दैनिकबाट