काठमाडौं–फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले बाटोमा हिडिँरहेका मानिसहरुमाथि गरेको धारिलो हतियार आक्रमणमा एकको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।


ADVERTISEMENT


फ्रान्सका अभियोजनकर्ताहरुले उक्त घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन् । सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग “एक इञ्चले पनि नझुक्ने” बताएका छन् ।


ADVERTISEMENT

# # #


पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाह हू अकबर’ भनेर कराउँदै बाटो हिँड्ने मानिसहरुमाथि चक्कु आक्रमण गरेका हुन् ।

पुलिसले उनलाई नियन्त्रण गर्न ‘स्टन गन’ को प्रयोग गरेतापनि त्यसले परिणाम नदिएपछि गोली हानी मारिएको जानकारी दिएको छ । आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी दिएको छ ।