काठमाडौं–मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे ।


ADVERTISEMENT


मन्दिरको मूर्तिभन्दा तल रहेको “गर्भगृह”का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् ।


ADVERTISEMENT

# # #


मोदीले पूजा गर्ने सिलसिलामा आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् । पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस भन्दा मोदीले आँशु झारेका थिए ।

मैले “हजुरले ध्यान लगाएर आफ्नो लागि वर माग्नुस् भने उहाँ भावविभोर भएर आँशु खसाल्नुभयो ।” उनले भने, “मैले उहाँमा अति धेरै श्रद्धा, विश्वास, र प्रशन्नता देखेँ ।” – आजको नेपाल समाचारपत्रबाट