काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन् ।


ADVERTISEMENT


निर्धारित समय भन्दा एक घण्टा ढिलो पशुपति पुगेका मोदी यतिबेला बाक्लो सुरक्षाबीच पूजा गरिरहेका छन् ।मोदीले आजै मुक्तिनाथमा विशेष पूजा गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि मोदीले २०७१ साउन १८ गते सोमबार पशुपति मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए ।