पोखरा–पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् ।


ADVERTISEMENT


पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका मुहारमा खुशीयाली छाएको हो ।


ADVERTISEMENT

# # #


नेपाल सरकार, क्षेत्रीय खानेपानी अनुगमन कार्यालयको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा सो खानेपानी योजना सम्पन्न भएको चाचल थामकोडाँडा लिफ्टिङ खानेपानी आयोजनाका सदस्य कमल भुजेलले जानकारी दिए ।

बस्तीको तल्लो भागस्थित चाँचल र कालामुडाबाट छुट्टाछुट्टै दुई मूलबाट लगभग तीन किलोमिटरको दूरीदेखि लिफ्टिङमार्फत थामडाँडामा संकलन गरिएको खानेपानी दुई इञ्चीको पोलिथिन पाइपबाट टोलटोलमा एक एक धारा पुर्याइएको छ ।