काठमाडौं–चेन्नई सुपर किङ्सलाई हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ सम्भावना जिवितै राखेको छ। अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै राजस्थान अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


१ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर जोस बटलरले उच्च प्रदर्शन गरे । अविजित रहँदै बटरलले ९५ रनको योगदान गरेका थिए । ६० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोडेका थिए ।


ADVERTISEMENT

# # #


चेन्नईका डेभिड विली, हरभजन सिंह, रविन्द्र जडेजा, सदृल ठाकुर र ड्वायन ब्राभोले समान १–१ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । उसका लागि सुरेश रैनाको अर्धशतक प्रहार गरेका थिए । रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए । यस्तै ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले २ तथा इश सोदीले १ विकेट लिएका थिए । यो खेलसँगै चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा कायमै छ । छैठौं स्थानमा पुगेको राजस्थानको १० अंक पुगेको छ । शीर्ष स्थानमा रहेको हैदारावाद १८ अंकसहित प्ले अफका लागि छनोट भइसकेको छ ।

आइपिएलमा शनिबार किङ्स ११ पञ्जाब र कोलकता नाइट राइडर्स तथा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।