काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथनाथ मन्दिर दर्शन गरेर राजधानी काठमाडौ फर्कदै छन् । मन्दिर दर्शनको लागि आज विहान मोदी मुस्ताङ गएका हुन् ।


ADVERTISEMENT


उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए । त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।

दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका देखिन्थे । मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा मन्दिर प्रवेश गरेर पुजा सकेलग्त्तै फर्कने क्रममा सर्वसाधारणसँग सेल्फी खिचेर मुक्तिनाथबाट बिदाई भएका छन् ।

उनी काठमाडौ फर्किएलगत्तै विमानस्थलबाटै गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ ।