काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीवीच विहीबार बिहान भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा संविधान संशोधन, महाभियोग प्रस्ता र बजेट लगायतका विषयमा छलफल भएको बताइएको छ । भेटमा संविधान संशोधन र बजेट लगायतका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


सभामुख ओनसरी घर्तीको कार्यकक्षमा ११ बजेपछि सुरु भएको दुई पक्षीय वार्तामा संविधान संशोधन, आगामी आर्थिक वर्षको बजेट र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग लगायतका विषयमा छलफल  भएको स्रोतले बतायो ।


ADVERTISEMENT

# # #


सरकारले संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावमाथि छलफल हुन बाँकी छ । संसद बैठक आज दिउँसो ३ बजे बस्दैछ । संविधान संशोधनमा एमाले लगायत प्रतिपक्षीले दलले पनि समर्थन जनाउनुपर्ने र दोस्रो चरणको चुनावको वातावरण बनाउनुपर्ने सत्तापक्षको आग्रह छ । तर, एमालेले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान संशोधन प्रस्तावमा समर्थन गर्न र दोस्रो चरणको चुनावका लागि सहज वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।