काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बुधबारका लागि तोकेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका हरुले चाहेको खण्डमा आज दिउँसो १ बजेदेखि ५ बजेभित्र आफ्नो मनोनयन फिर्ता लिन सक्ने आयोगको भनाई छ ।


ADVERTISEMENT


आयोगले उक्त समयभित्र सम्वन्धित स्थानीय तहमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । पार्टीहरुबीच चुनावी तालमेल भएमा वा अन्य कारणले उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गर्न नचाहेमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


आयोगले आजै बिहान ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको सूची सार्वजनिक गर्दैछ । यस्तै उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारहरुलाई आयोगले भोलि निर्वाचन चिहृन दिएर स्थानीय तह निर्वाचनको उम्मेदवार घोषणा गर्ने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।