काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका क्रममा विरोध गर्न सक्ने शंकामा प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका ३५ भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


ADVERTISEMENT


काठमाडौंको सुरक्षा व्यवस्था चुस्त पारिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । प्रधानमन्त्री मोदीको सवारी स्थल, बासस्थान र मोदी भ्रमणका बेला प्रयोग हुने सडक मार्गमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


विमानस्थलदेखि मोदी बस्ने हायत होटलसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । सादा पोसाकका प्रहरी पनि खटाइएको छ । उनका अनुसार काठमाडौंका विभिन्न स्थानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।