काठमाडौँ– आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै हरिप्रभा खड्गीलाई उपमेयरमा उठाउने तयारी गरेको छ। कांग्रेसका महासमिति सदस्यसमेत रहेका जोशीलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने निर्णय भएको हो।


ADVERTISEMENT


कांग्रेस उम्मेदवार जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् । कांग्रेसको मंगलबार बिहानदेखि बसेको पदाधिकारीको बैठकले सबै उम्मेदवारीको अन्तिम टुंगो लगाउने छ।


ADVERTISEMENT

# # #