काठमाडौँ– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जेठ १ गते २८ वर्ष पूरा हुँदैछ । सोही अवसरमा आफ्नो २८ वर्षे जन्म दिवसलाई युवा संघले ऐतिहासिक र भव्य उत्सवका रुपमा मनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


संघका संस्थापक अध्यक्ष तथा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीको राष्ट्रिय सभागृहमा स्थापना दिवस मनाउने युवा संघले निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


संघले पदाधिकारी बैठकबाट दिवस मूल समारोह समितीसमेत गठन गरेको छ । उक्त समितिको संयोजकमा वरीष्ठ उपाध्यक्ष किरण पौडेल छन् ।

संघले  जनपरिचालन समिती समेत गठन गरेको छ । सो समितीको संयोजकमा केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत रहेका छन् ।

जनपरिचालन समितीको सह–संयोजकमा केन्द्रीय सचिवद्वय क्षितिज थेवे र पूर्ण लामा रहेका छन् । यस्तै सदस्यहरुमा निरेशलाल सिंह, प्रकाश गौतम, नीतेश पौडेल लगायत काठमाडौँका सबै केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय अध्यक्षहरु रहेका छन् ।

जन परिचालनको योजनाका लागि सो कमिटीको बैठक बानेश्वरमा वैशाख २७ गते २ बजे बस्ने बताइएको छ । उक्त जनपरिचालन कमिटीको बैठकले विभिन्न भेला, गोष्ठीको आयोजना गर्दै स्थापना दिवसको व्यापक तयारी तथा प्रचार प्रसार गर्ने योजना बनाएको संयोजक बस्नेतले हिमालय पोष्टलाई बताए ।