काठमाडौं–भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन ।


ADVERTISEMENT


भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।


ADVERTISEMENT

# # #


तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले स्रोतलाई जनाएको छ । भारतले पाटनको नापीचन्द्र महाविहार, गोपीचन्द्र महाविहार, भीमसेन मन्दिर सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा, ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । – आजको नागरिक दैनिकबाट