काठमाडौं–आन्दोलनरत यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक योगेन्द्रनाथ कर्माचार्यले स्रोतसँग कुरा गर्दै देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन गरेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


उनले हिजोको यातायात बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति क्षमायाचना गर्दै अर्को निर्णय नभएसम्म यातायात सञ्चालन गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने कर्माचार्यको भनाइ छ । उनले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा धरपकड गरी व्यवसायीलाई पक्राउ गरेर सरकारले व्यवसायीमाथि अन्याय गरेको बताएका छन् ।

पक्राउ परेकालाई सरकारले तत्काल रिहा गर्नुपर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कर्माचार्यले बताएका छन् । सरकारको पछिल्लो कदमको समिक्षा एवं आगामी रणनीति तय गर्न महासंघको बैठक आज १ बजेपछि बोलाइएको कर्माचार्यले बताए । यद्यपी २७ गते पछिका आन्दोलनका कार्यक्रममा कुनै हेरफेर नगरेको भएपनि आज बस्ने बैठकबाट ठोस निर्णय गर्ने तयारी रहेको कर्माचर्यको भनाइ छ ।