पर्वत–अत्यधिक मदिरा सेवनबाट पर्वतका एक युवाको मृत्यु भएको छ । पर्वतमो मोदी गाउँपालिका–७ का ४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो ।


ADVERTISEMENT


अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको मदिराकै कारण लडेर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक क्षेत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

गाउँमा अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाउँदा स्थानीयको ज्यान जाने गरेको गुनासो गाउँलेको छ ।