काठमाडौं–यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायत व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएका छन्।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्र समर्थित (वाम पक्षधर) यातायात व्यवसायी संघले बुधबार छुटटै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ ।


ADVERTISEMENT

# # #


विभागले ल्याएको संशोधित निर्देशिका खारेज नभएसम्म वार्ता नै नगर्ने घोषणा महासंघले गरेको थियो । तर महासंघको निर्णयबाट पछि हट्दै सत्तासिन दलसम्बद्ध नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन (एमाले) र गणतान्त्रिक यातायात व्यवसायी संघ (माओवादी केन्द्र) ले तत्काल वार्ता गर्न आग्रह गरेको छ।

एमाले÷माओवादीले आफूनिकट यातायात व्यवसायीलाई सरकारी कदमको समर्थनमा माहोल निर्माण गर्न आन्तरिक सर्कुलर गरेकाले यस्तो निर्णय आएको श्रोतको भनाई छ। – आजको कारोबार दैनिकबाट