काठमाडौँ– आवश्यक बहुमत नआउने देखेपछि सरकार संविधान संशोधन प्रस्ताब संसद्मा दर्ता गराउनबाट पछाडि हटेको छ । सत्तापक्ष राप्रपा तथा अन्य दलका संसद्को संशोधनका पक्षमा मतदान गर्ने ठेगान नहुँदा आफ्नो बहुमत नआउने देखेपछि सरकारले संशोधन विध्ययक दर्ता पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता पछि मात्र गर्ने निणर्य गरेको हो ।


ADVERTISEMENT


आइतबार ११ बजेका लागि तय गरेको संसदको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गरेर संविधान संशोधनको कार्यसूचिमै प्रवेश नगरीकन वैशाख २१ गते बस्नेगरी स्थगित भएको छ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची एकाएक रद्द गर्दै संसदको बैठक पाँच दिनका लागि स्थगित भएको हो । आइतबार संसद भवनबाट बाहिरिदै पत्रकारसँग प्रधानमन्त्री दाहालले भने, ‘सबै सांसदहरूलाई स्थानीय तहको निर्वाचनको पहिलो चरणमा मनोनयनका लागि उत्साहपूर्वक आफ्ना नेता कार्यकर्तालाई सघाएर २१ गते संसदमा आउन आग्रह गर्छु,’ उनले भने।


ADVERTISEMENT

# # #


५ सय ९३ सदस्य रहेको संसदमा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनसँग एक तिहाईभन्दा बढी संख्या देखिएको छ । सत्तारुढ राप्रपा लगायत दलहरुबाट समेत उपस्थितिमा आशंका बढेपछि सत्तापक्षले तत्कालै प्रक्रिया अगाडि नबढाउने राणनीति लिएको हो ।