इस्लामावाद – २५६२ औं बुद्ध जयन्तीको अबसरमा यहाँस्थित नेपाली राजदूतावासले ‘शान्ति पदयात्रा’ आयोजना गरेको छ ।


ADVERTISEMENT


सो अबसरमा पाकिस्तानका लागि नेपाली राजदूत स्वेता लम्साल अधिकारीले गौतम बुद्धको जीवन र शिक्षाबारेमा प्रकाश पारिन् । सम्बोधनको क्रममा अधिकारीले गौतम बुद्धको शिक्षाले राजनैतिक र भौतिक सीमा नाघेको बताइन् । उनले पाकिस्तानमा रहेको अद्वितीय गान्धारा बौद्ध धरोहरले नेपाल र पाकिस्तानबीचको सम्बन्धमा साँस्कृतिक पुलको काम गरेको बताइन् ।


ADVERTISEMENT

# # #


राजदूतले यो कार्यक्रम स्थानीयहरुको सक्रिय सहभागितामा आयोजना गरिएको बताइन् । सम्बोधनमा राजदूत अधिकारीले लुम्बिनीमा आयोजना भएको दूई दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनबारेमा पनि उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका इस्लामावाद महानगर निगमका मेयर शेख अन्सर अजीजले बुद्धको शिक्षाको महत्वबारेमा प्रकास पारे । उनले राजदूतावासको कार्यक्रमको स्वागत गर्दै भावि दिनमा राजदूतावासको यस्तो कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए ।